
?????? ?????
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो संस्मरण (गैरआख्यान) हो- 'मृत्यु डायरी' । यसअघि विभिन्न विधामा करिब एक दर्जन पुस्तक लेखिसकेका आचार्यले प्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका छन् । 'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।
The manuscript vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality.
- Kirjailija
- Tulasi Acharya
- ISBN
- 9781088288351
- Kieli
- Nepali
- Paino
- 277 grammaa
- Julkaisupäivä
- 16.9.2023
- Kustantaja
- IngramSpark
- Sivumäärä
- 262