Gå direkt till innehållet
Pwakh (प्वाँख)
Spara

Pwakh (प्वाँख)

Författare:
pocket, 2022
Nepali
Lägsta pris på PriceRunner

'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।

- नवराज पराजुली

के कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञचलताल भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।

- नदीश

Författare
Nabin Prachin
ISBN
9789937953016
Språk
Nepali
Vikt
118 gram
Utgivningsdatum
2022-07-01
Sidor
112