Bishrampur (विश्रामपुर)
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, ''विश्रामपुर'' । यसअघि उनका ''फूलको लासमाथि'' र ''रगतको शयनकक्षमा'' कवितासङ्ग्रह तथा ''एकलासको फूल'' र ''घाम झुल्कनुअघि'' गजलसङ्ग्रह प्रकाशित छन् ।
राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् | आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।
- Författare
- Padam Gautam
- ISBN
- 9789937734356
- Språk
- nepalesiska
- Vikt
- 313 gram
- Utgivningsdatum
- 2021-02-19
- Förlag
- Sangri La Books
- Sidor
- 274

